नियम १०४
मर्यादापालन समूह रहने
(१) ऐनको दफा ९३ को उपदफा (१) को प्रयोजनको लागि अनुसूची –१ मा उल्लेख भए वमोजिमको व्यवस्थापिका–संसद सेवाको छुट्टै मर्यादापालन समूह रहने छ ।
(२) उपनियम (१) बमोजिमको मर्यादापालन समूहमा रहने मर्यादापालकहरूको पद, तह वा श्रेणी अनुसूची–२ मा तोकिए बमोजिम हुनेछ ।
(३) उपनियम (१) बमोजिमको मर्यादापालन समूहमा रहने मर्यादापालकहरूको पदमा नियुक्तिको लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता अनुसूची–४ मा तोकिए बमोजिम हुनेछ ।
(४) उपनियम (१) बमोजिमको मर्यादापालन समूहमा रहने स्थायी पद हेरफेर थप वा खारेज गर्नु परेमा महासचिवले सचिव र सचिवालय सचिवसँग परामर्श गरी त्यसको स्पष्ट कारण तथा औचित्य समेत उल्लेख भएको विवरण तयार गरी अर्थ मन्त्रालयसँग सहमति लिई आवश्यक निर्णयका लागि समिति समक्ष पेश गर्नु पर्नेछ ।
तर त्यसरी सँगठनात्मक संरचनामा हेरफेर गर्दा थप आर्थिक दायित्व नपर्ने भएमा अर्थ मन्त्रालयलाई जानकारी दिनु पर्याप्त हुनेछ ।